Skip This

चक्रवातको जोखिमपछि तरहरामा पाकेको धान कम्बाइन हार्भेस्टरबाट भित्र्याइँदै

फोटो: बोबी बस्नेत

सुनसरी । बंगालको खाडीमा विकसित चक्रवात अर्नाबका कारण धानबालीमा क्षति पुग्न सक्ने जोखिमलाई मध्यनजर गर्दै कृषि अनुसन्धान निर्देशनालय, तरहरा, सुनसरी (DoAR, Tarahara) को प्रयोगात्मक खेतमा पाकेको धान बिहीबार राति नै कम्बाइन हार्भेस्टरको प्रयोग गरी भित्र्याइएको छ ।

चक्रवातका कारण धानबालीमा क्षति पुग्न सक्ने सम्भावना रहेकाले पाकेको धान समयमै कटानी गरी सुरक्षित राख्ने उद्देश्यले हार्भेस्टर प्रयोग गरी धान भित्र्याइएको हो ।

कृषि अनुसन्धान निर्देशनालय, तरहरामा हर्दिनाथ–१, हर्दिनाथ–३, चैते–५, सुक्खा धान–३, रामधान, बहुगुणी–२, स्वर्ण सब–१, कालोनुनिया र लल्का बास्मतीलगायत विभिन्न जातका धानका बीउ उत्पादन हुँदै आएका छन् । उक्त केन्द्रले विभिन्न जातका धानको अनुसन्धान तथा बीउ उत्पादनमार्फत कृषि क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑